मंगलबार थपिए ३५ सय ५६ संक्रमित, थप १८ काे मृत्यु

मंगलबार थपिए ३५ सय ५६ संक्रमित, थप १८ काे मृत्यु

काठमाडौं -पछिल्लो २४ घण्टामा ३, ५५६ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा २, १२९ सहित देशभर ३, ५५६ संक्रमित थपिएका हुन् । काठमाडौंमा १ हजार ७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार आज क्वारेन्टिनमा ४ हजार ७९५ जना रहेका छन् ।

३५ हजार ९१५ सक्रिय संक्रमितको उपचार चलिरहेको छ । आजको अपडेटसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ । संक्रमितमध्ये ७८ हजार ७८० जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १, ५०३ जना डिस्चार्ज भएका छन् ।  भेन्टिलेटरमा ६६ जना छन् ।

यस्तै पछिल्लाे २४ घण्टामा थप १८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे संख्या ६६३ पुगेकाे छ ।

प्रकाशित मिति : मंगलबार, असोज २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij