रुपन्देही
बुटवलका पेट्रोल पम्म गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, आयल निगम, नेपाल प्रहरी र पत्रकार महासंघका प्रतिनिधि सहितको टोलीले आज गरेको पेट्रोल पम्पहरुको अनुगमनका क्रममा पेट्रोलियम पदार्थको गुणस्तर तथा नाप तौल ठिक रहेको पाइएको हो ।
टोलीले आज बुटवल नेपालगञ्ज रोडमा रहेको शाह डिजर सेन्टर, बुटवल १३ जितगढी स्थित गैरे पेट्रोल पम्प र एम. एस .पेट्रोल पम्पको अनुगमन गरेको हो ।
चाड पवै नजिकिँदै गर्दा बजारमा हुनसक्ने कालोबजारी र गुणस्तरहिन वस्तुको बिक्रीवितरण रोक्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला निकायले बजार अनुगनलाई निरन्तरता दिएको प्रशासन कार्यालयका अधिकृत झबिलाल भट्टराईले जानकारी दिनुभयो । आज बुटवलका तीन वटा पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको गुणस्तर जाँच गर्दा ठीक भएको पाइए पनि सुरक्षा मापदण्ड भने कमजोर भएको पाइएकाले सुधार गर्न निर्दशन दिइएको छ ।
अधिकृत भट्टराईकाअनुसार यस क्षेत्रका अधिकांश पेट्रोल पम्पहरुमा शौचालयको व्यवस्था भएपनि व्यवस्थित नभएको पाइएको छ । पम्पमा लैङ्गिकमैत्री र अपाङ्गतामैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।
अनुगमन गरिएका सबै पम्पहरुमा डिजल र पेट्रोलको नाप तौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक बालकृष्ण रायले बताउनुभयो । डिजल र पेट्रोलको गुणस्तर ठिक भए पनि पेट्रोल पम्पहरु भने अझै व्यवस्थित गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
नेपाल गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख मनोजकुमार पोखरेलका अनुसार प्रति ५ लिटरमा जाँच गर्दा १५ मिलिलिटर कमी र २५ मिलिलिटर बढी हुनुलाई सामान्य मानिन्छ । यो भन्दा कम भएमा ठगी गरेको ठहरीने प्रमुख पोखरेलले बताउनुभयो ।
पेट्राल पम्पहरुको गुणस्तर सही भएपनि अधिकांशमा सुरक्षा उपकरणहरु भने पुरा नभएको पाइएको आयल निगमका बरिष्ठ सहायक सुवास काफ्लेले बताउनुभयो ।अनुगमन टोलीले सुरक्षाका हिसाबले अत्यन्तै संबेदनशिल मानिने पेट्रोल पम्पहरुमा विपद् वा आगलागीका घटनाहरुबाट बच्न प्रयोग हुने सुरक्षा उपकरणहरु तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
चाडपर्वमा हुनसक्ने कालोबजारी, महङ्गी र मिलावट नियन्त्रण गर्न बजार अनुगमनलाई निरन्तरता दिइने उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख यमबहादुर थापाले बताउनुभयो । अनुगमन टोलीले कोभिड (१९ को महामारीलाई ध्यानमा राख्दै सुरक्षा मापदण्ड अपनाएर सेवा प्रदान गर्न निर्देशन दिएको छ । यसअघि पनि अनुगमन टोलीले जिल्लाका विभिन्न मिठाइ पसल र होटलहरुको अनुगमन गरेको थियो ।(रासस)
प्रकाशित मिति : मंगलबार, असोज २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्