कञ्चन
रुपन्देहीको कञ्चनमा अवैध काठ बरामद भएको घटना सेलाउन नपाउदै गैडहवाको एक समिलबाट करिव २८.२२ क्युफिट सालको गोलिया सहित अवैध काठ तस्कर गर्ने एक जना ब्यक्तीलाई नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा बेस क्याम्प,बिष्णुपुरालाई ठूलो सफलता मिलेको छ ।
गए राती मंगलवार करिव १०:१० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा बेस क्याम्प,बिष्णुपुराका सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेलको नेतृत्वमा गएको गस्ती टोलीले गस्ती गर्ने क्रममा समिल भित्र लुकिछिपी सालको गोलिया झार्दै गरेको अवस्थामा अवैध सालको गोलिया र अवैध काठ कारोवारमा संलग्न गैडहवा गाउपालिका वडा नं. २ लोण्डिहवामा रहेको बिस्वकर्मा स-मिलका संचालक महेश बिश्वकर्मालाई नियन्त्रणमा लिएपछि सफलता मिलेको र आवस्यक अनुसन्धानका लागि लुम्बिनी सब डिभिजन बन कार्यलय,ठाकुरापुरलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा बेस क्याम्प,बिष्णुपुराले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा बेस क्याम्प,बिष्णुपुराका अनुसार गस्ती गर्ने क्रममा गस्ती टोलीलाई देख्नासाथ नम्वर नखुलेको सवारी साधनबाट अवैध काठ झारेर फरार भएको र गस्तीकै क्रममा स-मिलमा चिर्दै गरेको अवस्थामा अवैध काठको कारोवारमा संलग्न बश्विकर्मा समिलका संचालक बिश्वकर्मालाई आवस्यक अनुसन्धानका लागि तत्कालै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय,सूर्यपुरा र लुम्बिनी सब डिभिजन बन कार्यलय,ठाकुरापुरका बन अधिकृत जय प्रकाश गुप्ताको रोहवरमा लुम्बिनी सब डिभिजन बन कार्यलय,ठाकुरापुरलाई बुझाइएको हो ।
प्रकाशित मिति : बुधबार, असोज २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्