विश्व स्पाईन(मेरुदण्ड)दिवसमा तिनाउ अस्पतालमा विशेष छुट

विश्व स्पाईन(मेरुदण्ड)दिवसमा तिनाउ अस्पतालमा विशेष छुट

बुटवल -विश्व स्पाईन (मेरुडण्ड) दिवस अक्टोबर १६ अर्थात असोज ३० गते शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ । नेपालमा पछिल्ला केहि वर्ष देखि यो दिवशसलाई औपचारिक रुपमा मनाउन लागिएको हो । यसै अवसरमा बुटवलको तिनाउ ईन्टरनेशनल हस्पिटलले विशेष छुटको व्यवस्था गरेको छ । पश्चिम क्षेत्रकै एक मात्र स्पाईन सर्जन डा योगेन्द्र अग्रहरीले यस क्षेत्रमै स्पाईन र ट्रमाको विशेषज्ञ सेवा भर्खरै मात्र शुरु भएकोले अवसर लिन अपिल गर्नु भयो ।
तिनाउ हस्पिटलमा सेवारत डा अग्रहरीले दिवसको अवसरमा मेरुदण्ड समस्या भएको बिरामीको लागि ओपिडि सेवा निःशुल्क गरिएको बताउनु भयो । उहांले एक्सरे लगायतका सेवामा पनि एक दिन विशेष छुटको प्रवन्ध मिलाईएको जानकारी दिनु भयो । स्पाईनल ईन्जुरी देखि घाटी भांचिएको , ढाड भाचिएको, ढाडको नसा च्यापिएका, मेरुदण्डको टि बि भएको, जन्मजात मेरुदण्ड बाङ्गो भएको तथा नसाको समस्या भए लगायतका विशेषज्ञ सेवा अस्पतालले प्रदान गरेको जानकारी दिनु भयो ।
विश्वविख्यात संस्था, जापान र भारतमा गरि दुई दुई वटा फेलोसिप गर्नु भएका डा अग्रहरीले यस क्षेत्रमै पहिलो पटक विशेषज्ञ उपचारको प्रवन्ध गरिएको दावी गर्नु भयो । डा अग्रहरि यस पश्चिम क्षेत्रमा ट्रमा तथा स्पाइन फेलोसिप गरेका एकमात्र चिकित्सक रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ । पहिलो विगतमा मेरुदण्ड लगायतका समस्या भएका विरामी काठमाडौं तथा भारतका विभिन्न शहरहरुमा पुग्नु पर्ने वाध्यता दियो ।
यस्ता विरामीले विशेषज्ञ सेवा प्रभावकारी ढंगले पाएमा सबै जनाको अप्रेशन नै गर्नु नपर्ने पनि उहांको तर्क रहेको छ । शरिरको सबैभन्दा महत्वपुर्ण अंग भएकोले मेरुदण्डको उपचार वेलैमा नहुदां अपङगता जस्ता समस्याहरु भोग्नु परेको उहांको तर्क रहेको छ । तिनाउ ईन्टरनेशनल अस्पतालले यस्ता समस्यामा रहेका विरामीहरुका लागि अप्रेशनमा आवश्यक पर्ने अत्याधुनिक उपकरणहरुको प्रवन्ध गरेको अस्पतालका अध्यक्ष चिरञ्जीवि जोशीले जानकारी दिनु भयो । उहांले हरेक रोग र त्यसको उपचार प्रद्धती जस्ता कुराहरुमा सचेतना वढाउन आवश्यक भएको बताउनु भयो ।

प्रकाशित मिति : बिहिबार, असोज २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij