काठमाडौँ– सर्वोच्च अदालतले कोरोना संक्रमितहरूलाई लोक सेवा आयोगको परीक्षामा दिनबाट वञ्चित नगर्न आदेश दिएको छ ।
कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरू परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परीक्षार्थीलाई सुरक्षित रूपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन आदेश दिएको छ ।
साथै आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्