लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धद्धारा खाद्यान्न तथा निर्माण सामाग्री प्रदान

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धद्धारा खाद्यान्न तथा निर्माण सामाग्री प्रदान

भैरहवा, ।

अविरल वर्षाका कारण घर भत्किएका परिवारलाई लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले खाद्यान्न तथा निर्माण सामाग्री प्रदान गरेको छ । क्लबले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बालापुरका छविलाल कहांरको परिवारलाई बिहीबार नगद ३० हजार, खाद्यान्न तथा निर्माण सामाग्री प्रदान गरेको हो ।

अविरल वर्षाका कारण कहाँरको माटोको घर भत्किएको छ । आर्थिक अभावका कारण भत्किएकै घरमा बस्न बाध्य परिवारलाई लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले घर निर्माणका लागि थप सहयोग गर्ने जनाएको छ ।

खाद्यान्न तथा निर्माण सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्टे«टेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले क्लबले छोटो समयमा धेरै काम गरेर देखाएको बताए । उनले कहाँर परिवारको घर निर्माण गर्ने अठोट लिएर लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले सराहनीय कार्य गरेको चर्चा गरे ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०÷२१ का अध्यक्ष एमजेएफ अरुण कुमार मिश्राले विपन्न परिवारलाई सक्दो सहयोग गर्ने बताए । उनले अग्रजहरुको मागदर्शनले क्लबले थप अगाडी बढ्न उर्जा प्रदान भएको बताए ।

लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका इभ्यालुयसन टिम हेड विनोद खरेलले लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले निःस्वार्थ भावले समाजसेवामा लागेको बताए । उनले क्लबले समाज परिवर्तनको लागि उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको बताए ।

समाजसेवी श्रवण कुमार पाण्डेयले कहाँर परिवार विगत देखि नै आर्थिक समस्यामा परेको बताए । २०७०÷७१ सालमा छविलाल कहाँरको घरमा आगलागि समेत भएको थियो, आर्थिक अवस्था कमजोर भएका कारण थोरै भए पनि लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धबाट राहत प्रदान भएको छ, यो सकारात्मक हो, उनले भने ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका संस्थापक अध्यक्ष तथा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का कोषाध्यक्ष एमजेएफ गौतम कुमार गुप्ताले क्लबले उदाहरणीय कार्य गरेको बताए । उनले गास, बास र कपास मानिसको आधारभुत आवश्यकता भएको बताए ।

कार्यक्रम संयोजक विनित उपाध्यायले विपन्न कहाँर परिवारको बारेमा जानकारी पाएपछि सुरुमा व्यक्तिगत रुपमा सहयोग गरेको बताए । त्यसपश्चात परिवारलाई केही भए पनि सहयोग होस् भन्ने उद्देश्यले लायन्स सिद्धार्थनगर गौतमबुद्धले खाद्यान्न तथा निर्माण सामाग्री सहयोग गरेको बताए । उनले क्लबका अध्यक्ष अरुण कुमार मिश्राले ३ हजार थान ईट्टा सहयोग गर्ने र आफुले घर निर्माणका लागि आवश्यक छड÷सिमेन्ट उपलब्ध गराउने बताए । क्लबका सचिव राजन शुक्लाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : बिहिबार, असोज २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij