कोरोना संक्रमणबाट बाँके र बुटवलमा थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँके र बुटवलमा थप दुई जनाको मृत्यु

बुटवल – रूकुम र रूपन्देहीका एक/एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको मृत्यु भएकाे छ । उनीमा असाेज २२ गते संक्रमण पुष्टि भएकाे थियाे ।

उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । अहिलेसम्म बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा काेराेना संक्रमित तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएकाे छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ती पुरूषमा काेराेना देखिएपछि असाेज २१ गते अस्पताल भर्ना गरिएकाे थियाे । २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो ।

उपचारका क्रममा उनको बिहान मृत्यु भएको हाे । योसँगै कोरोना संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij