कुखुरा चोर्न खोजेको भन्दै कुटपिट गर्दा देउखुरीमा एक युवाको मृत्यु

कुखुरा चोर्न खोजेको भन्दै कुटपिट गर्दा देउखुरीमा एक युवाको मृत्यु

  • तुलसीपुर
    कुखुरा चोर्न खोजेको आरोपमा कुटपिट गर्दा दाङको देउखुरीमा एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ति निवासी १८ बर्षीय नरेश चौधरी रहेका छन् ।

छिमेकी २५ बर्षीय ओमप्रकाश घर्ती र उनका ६० बर्षीय बुवा खलबहादुर घर्तीले विहिवार बेलुका ८ बजेतिर कुखुरा चोर्न खोजेको भन्दै कुटपिट गर्दा चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिए ।

बेलुका ८ बजेतिर कुखुरा कराएपछि घर्ती परिवारले नरेशलाई कुखुरा चोर्न आएको आरोप लगाएपछि उनिहरुबीच घर्तीको कुखुरा फर्ममै बिवाद भएको र सोही क्रममा उनिहरुको कुटपिटबाट चौधरीको मृत्यु भएको प्रहरी निरिक्षक भट्टले बताए ।

कुटपिटबाट गम्भीर घाइते भएका चौधरीलाई उनकी आमाले राति नै घर लगेपनि उपचार गर्न नलगेकोले अत्यधिक रक्तश्रावाका कारण उनको मृत्यु भएको प्रहरीको अनुमान छ ।

चौधरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ गरी घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij