काठमाण्डौ
सरकारले कोरोना भाइरसको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ ।
सरकारले नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाण्डौ तथा भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको हो ।
कोरोनाको उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएकोले अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डेसिभिर नामक औषधि प्रयोगमा ल्याएको सरकारले जनाएको छ । तर विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले भने रेम्डेसिभिर नामको औषधिले कोरोना सङ्क्रमितको स्वास्थ्यमा कुनै सुधार ल्याउन नसकेको जनाएको छ ।
डब्ल्यूएचओले गरेको अध्ययनमा यो औषधिको कुनै प्रभाव नदेखिएको पाइएको विवरण फाइन्यान्सियल टाइम्सले प्रकाशन गरेको हो ।
११ हजार बिरामीमा प्रयोग गर्दा यो औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको नदेखिएको बीबीसीले जनाएको छ ।
कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति विज्ञ र कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा खटिएका व्यक्तिहरुसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड–१९ सङ्क्रमण समुदायस्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ ।
प्रकाशित मिति : शुक्रबार, असोज ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्