२,३२६ जना डिस्चार्ज हुँदा थप २,९४२ जनामा संक्रमण पुष्टि

२,३२६ जना डिस्चार्ज हुँदा थप २,९४२ जनामा संक्रमण पुष्टि

काठमाडौं –पछिल्लो २४ घण्टामा देशभर २९४२ संक्रमित थपिएका छन् । १४ हजार ८७५ जनाको परीक्षण गरिएकोमा २९४२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ६९८ रहेका छन् । काठमाडौंमा १, ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २३२६ जना डिस्चार्ज भएका छन् । क्वारेन्टिनमा ४ हजार ८३१ जना रहेका छन् । ३९ हजार ३४१ जना सक्रिय संक्रमितको उपचार चलिरहेको छ । भेन्टिलेटरमा ६६ जना छन् ।

याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या एक लाख ३२ हजार २४६ पुगेकाे छ । संक्रमितमध्ये ९२ हजार १६६ जना डिस्चार्ज भइसकेका छन् । पछिल्लाे २४ घण्टामा मात्रै थप १२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे संख्या ७३९ पुगेकाे छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij