अब सरकारी अस्पतालले पनि कोरोना सङ्क्रमितबाट उपचार खर्च असुल्ने

अब सरकारी अस्पतालले पनि कोरोना सङ्क्रमितबाट उपचार खर्च असुल्ने

काठमाण्डाै  – सरकारले आइतबारदेखि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमितबाट उपचार खर्च असुल्ने भएको छ ।स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार आइतबारदेखि सबै सरकारी तथा निजी अस्पतालमा कोरोना परीक्षण तथा उपचारका लागि शुल्क लिन थालेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आर्थिक रुपले विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्नेहरु, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क गर्ने तर उनीहरुले बीमा गरेको भएमा बीमाबाट परीक्षण तथा उपचार खर्च कटाउने पनि मन्त्रालयले जनाएको छ ।

यस्तै सरकारले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि सबै कोभिड अस्पताल तथा कोरोनाको उपचार गर्ने सूचीकृत अस्पतालको फार्मेसीबाट किन्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

यसैगरी यसअघि निजी तथा सामुदायिक अस्पतालले ५० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत शय्या कोरोना सङ्क्रमितको उपचारको लागि छुट्याउनुपर्ने व्यवस्था रहेकोमा अब सबै अस्पतालले ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितको उपचारको लागि छुट्ट्याउनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै यसअघि लक्षण हराएका सङ्क्रमितको १० दिनमा पीसीआर परीक्षण गरेर वा १४ दिनमा त्यत्तिकै डिस्चार्ज गर्ने गरेकोमा अब लक्षण हराएका सङ्क्रमितहरुलाई सङ्क्रमण पुष्टि भएको १० औँ दिनमा डिस्चार्ज गर्ने भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यसरी डिस्चार्ज भएकाहरु सात दिन अनिवार्य होम आइसोलेशनमा बस्नुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, कार्तिक २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij