लुम्बिनी प्रदेशमा अब ‘शुलभ कर्जा सहजकर्ता’

लुम्बिनी प्रदेशमा अब ‘शुलभ कर्जा सहजकर्ता’

बुटवल-लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालले किसान र बैंकहरुको विचमा पुलको काम गर्ने गरी १२ जना शुभल कर्जा सहजकर्ता नियुक्ती गरेको छ । प्रदेशका १२ वटा जिल्लामा रहेर खासगरी कृषि तथा पशुपालनमा काम गर्ने किसानहरु ले बैंक तथा वित्तीय संस्थाबाट सहकज रुपमा कर्जा प्राप्त गर्न नसकीरहेको भन्ने गुनासोलाई सम्बोधन गर्ने गरी बैंक र किसानहरुको विचमा सहजीकरण गर्ने उदेश्यले ति कर्जा सहजकर्ताहरु नियुयक्ती गरी परिचालन गर्न लागिएको हो ।
१२ वटा जिल्लामा परिचालित भएका सहजकर्ताहरुको लागि पहिलो पटक गर्ने कार्य विवरण लगायत जिम्मेबारीको विषयमा जानकारी दिन २ दिने तालिम अभिमुखिकरण समेत गरिएको छ ।
लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । तालिम समापन कार्यक्रममा बोल्दै मन्त्री आरती पौडेलले सहजकर्ताहरुले किसानहरुको बास्तविक समस्या समाधानको लागि बैंक र किसानहरुको विचमा पुलको काम गर्न आग्रह गर्नुभयो ।
उहाँले अहिले पनि बास्तविक किसानहरुले सहज रुपमा कर्जा नापाईरहेको गुनासो आईरहेको भन्दै यसलाई सम्बोधन गर्नको लागि मन्त्रालयले यो कार्यक्रम ल्याएको समेत जानकारी दिनुभयो । तालिम समापन कार्यक्रममालाई सम्बोधन गर्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले वास्तविक किसानहरुले सहज रुपमा नेपाल सरकारले प्रदान गरेको कृषि कर्जा नपाईरहेको भन्ने गुनासो सम्बोध गर्न र उनीहरुलाई सहज रुपमा बैंको पह्ुँचमा ल्याउनको लागि कार्यक्रम ल्याइएको जानकारी गराउनुभयो । २ दिन सम्म चलेको तालिममा कृषि विकास बंैक प्रदेश कार्यालय भैरहवा र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बुटवलका विभिन्न प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गरेका थिए ।
तालिम समापन कार्यक्रममा कृषि विकास बैंक प्रादेशिक कार्यालय भैरहवाका प्रमुख चन्द्रसिंह थापा,सहभागीहरु डा. विजय घिमिरे, गणेशा विष्ठ लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा मन्त्रालयका योजना अनुगमन महाशाखा प्रमुख डा. बुद्धिराज घिमिरे, प्रशासन महाशाखा अधिकृत लोक कुमार कार्की, मन्त्रालयको कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी सञ्जय ढकाल लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन पशु विकास अधिकृत हुमाकान्त पाण्डेले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : आइतबार, कार्तिक २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij