JanataToday.com

Advertisment

SKIP THIS

दशैं–तिहारमा शाइन रेसुङ्गा बैंकको डिजिटल उपहार योजना

दशैं–तिहारमा शाइन रेसुङ्गा बैंकको डिजिटल उपहार योजना

बुटवल ।
नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न उपहार योजना ल्याएको छ ।

‘यसपालीको दशै तिहारलाई डिजिटल बनाऔं, स्मार्ट बनौं’ नाराका साथ बैंकले नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलोपटक रजिष्टर भई मोबाइल बैकिङ्ग एप बाट कारोबार गर्ने दुई भाग्यशाली ग्राहकहरुलाई १÷१ थान स्मार्ट फोन प्रदान गर्ने भएको छ ।

यस्तै शाइन रेसुङ्गा बैंकको मोबाइल एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने ५ जना भाग्यशाली ग्राहकहरुलाई १÷१ थान स्मार्ट फोन प्रदान गरिने छ ।

यी दुबै उपहार योजना कार्तिक १ देखि मंसिर ५ सम्म लागु हुने बैंकको प्रधान कार्यालयकी चिफ अपरेसन अफिसर नम्रता थापाले जानकारी दिइन् ।

यस्तै दशै टिका विशेष उपहार योजना अन्तर्गत टिकाको दिन शाइन रेसुङ्गा बैंकको मोबाइल एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने १ जना भाग्यशाली ग्राहकलाई १ थान स्मार्ट फोन कार्तिक १० गते प्रदान गरिने योजना रहेको चिफ अपरेसन अफिसर थापाले जानकारी दिइन् ।

यी सबै उपहार योजनामा बैंकका ६९ वटा शाखाका ४ लाख बढी ग्राहक सहभागी हुन पाउने र गोलाप्रथाबाट भाग्यशालीले उपहार प्राप्त गर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij