JanataToday.com

Advertisment

SKIP THIS

व्यवसायीक खेलाडी उत्पादन गर्न बुटवलमा खस्यौली स्नोकर क्लवको शुभारम्भ

व्यवसायीक खेलाडी उत्पादन गर्न बुटवलमा खस्यौली स्नोकर क्लवको शुभारम्भ

बुटवल – व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ बुटवलमा खस्यौली स्नोकर क्लव संचालनमा ल्याईएकोे छ ।
यस क्षेत्रका ६ जना युवा मिलेर संचालनमा ल्याईएको क्लवको सोमवार एक समारोहका बीच स्नोकरका राष्ट्रिय खेलाडी रेगन श्रेष्ठ र हिमालय रोडिज ३ का विजेता सुजन सुवेदीले सम्युक्त रुपमा खस्यौली स्नोकर क्लवको शुभारम्भ गर्नु भएको हो ।
युवा युवतीलाई कुलतवाट जोगाउन र व्यवसायीक स्नोकर खेलाडी उत्पादन गर्ने सोचका साथ क्लव संचालनमा ल्याएको अध्यक्ष सुजन पुनले बताउनु भयो । क्लवमा विद्यालय तथा कलेजको ड्रेसमा आउने विद्याथीलाई र लागूऔषध प्रयोग कर्तालाई प्रवेशमा रोक लगाउन जिल्ला स्नोकर संघका उपाध्यक्ष बविन थापाले आग्रह गर्नु भयो ।
त्यस्तै स्नोकर खेललाई व्यवसायीक बनाउन र यस खेलवाट नेपालको नाम परिचित गराउनका लागि प्रहरी प्रशासनले हेर्ने द्धष्टिकोणमा अझै परिवर्तन जरुरी रहेको पनि सो अवसरमा वोल्नेहरुले औल्याउनु भएको थियो ।
पुन सहित, गणेश घिमिरे, रमेश न्यौपाने, प्रदिप बिक, सुनिल क्षेत्री र ईसारअहमद खाँनको कुल १ करोडको लागतमा बुटवलको सिंह कम्पेलसको चौथो तलामा संचालनमा ल्याईएको क्लवले यस क्षेत्रमै पहिलो र नमूना योग्य कोर्ट बनाएको कार्यक्रममा वोल्नेहरुले धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष महेशमान सिंह, कोषाध्यक्ष विमल राज भट्रराई, स्नोकर संघ नेपालका केन्द्रिय सदस्य हरि क्षेत्री, टेवलटेनिस संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष जय प्रकाश भट्रराई, विद्यार्थी नेता तथा सामाजिक अभियान्ता मुक्तिराज पौडेल लगायतले वोल्दै टिन र खरको छानावाट शुरु भएको स्नोकर खेल अहिले वातानुकुलित रुपमा सुविधासम्पन्न भवनमा संचालन हुनुले यस खेलमा थप आकर्षण बढेको पुष्ठि भएको धारणा राख्नु भएको थियो ।
६ वटा कोर्ट सहित संचालनमा आएको खस्यौली स्नोकर क्लव यस क्षेत्रको २९ औ स्नोकर क्लवका रुपमा संचालनमा आएको हो ।

 

प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij