हेलीको पुछ«ेताराका कारण हुने मृघशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने भएको छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाए अनुसार उल्कावर्षाको गतिविधि २० अक्टोबर राति १० बजेर ४५ देखि नै सुरु भई २१ अक्टोबर बिहान ५ बजेर ४५ सम्म देख्न सकिने छ । अध्यक्ष सुरेश भट्टराईले नासोको फेसबुक पेजमा उल्कावर्षाको विषयमा जानकारी दिएका छन् ।
यो पुछ«ेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । प्रत्येक वर्ष मे र अक्टोबरमा हेलीको पुच्छ«ेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलाका कणका कारण उल्कावर्षा हुने गर्छ । आजको उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्कावर्षा नाम दिइएको हो ।
अत्यधिक उल्कावर्षाको बेला प्रतिघण्टा १५ सम्म उल्का देखिने अनुमान गरिन्छ । ती उल्कावर्षाको गति प्रति सेकेण्ड ६७ किमिसम्म हुने भएकोले करिब ७० किमिमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ । २ अक्टोबरदेखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा ७ नोभेम्बरसम्म सक्रिय रहने छ ।
उल्कावर्षा हेर्नका लागि मध्यरातपछिको समय उत्तम मानिन्छ । उल्कावर्षा हेर्न कुनै दुरविन वा टेलिस्कोप आवश्यक नभएको र सामान्य हिसाबले नांगो आँखाले नै हेर्न सकिने बताइएको छ । उल्कावर्षा हेर्दा खुल्ला आकाश चाहिने हुँदा घरको छत वा घर अगाडिको कुनै खुल्ला ठाउँमा गएर हेर्न सकिन्छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्