काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ काे भूकम्पले तहसनहस बनाएपछि पुनर्निर्माण गरिएकाे ऐतिहासिक रानीपाेखरीकाे उद्घाटन गरेकी छिन् । राष्ट्रपति भण्डारीले विशेष कार्यक्रमकाबिच बुधबार रानीपोखरीको उद्घाटन गरेकी हुन् ।
२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । यो वर्षको वैशाख १२ गते नै उद्घाटन गर्ने भनिएको थियो तर विभिन्न विवादका कारण पुनर्निर्माणमा ढिलासुस्ती हुँदा यो हुन सकेन ।
शिलान्यास भएको करिब ५ वर्षपछि मात्र रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको हो । रानीपाेखरीका सम्पदा, मन्दिर पुरानै ग्रन्थकुट (शिखर) शैलीमा पुनःनिर्माण गरिएकाे छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्