काठमाडौं – आज (बुधबार) देशभर ५ हजार ७४३ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ३१०७ सहित देशभर ५ हजार ७४३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । काठमाडाैंमा २ हजार ३९१ भक्तपुरमा १७३ र ललितपुरमा ५४३ संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९९६ जना संक्रमित डिस्चार्ज भएका छन् भने २४ जना संक्रमितको मृत्यु भएको छ । क्वारेन्टिनमा ४ हजार ६५ जना रहेका छन् । ४४ हजार ४७६ सक्रिय संक्रमितको उपचार भइरहेको छ ।
आजको थप अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ । संक्रमितमध्ये ९९,६०५ जना डिस्चार्ज भएका छन् । मृतक संख्या ७९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण भएको छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्