बुटवलका ८० सहित रुपन्देहीमा थप १८७ जनामा कोरोना संक्रमण

बुटवलका ८० सहित रुपन्देहीमा थप १८७ जनामा कोरोना संक्रमण

बुटवल ।
बुटवलका ८० सहित रुपन्देहीमा बुधबार थप १ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६८ महिला र १ सय १९ पुरुष गरी १ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ४७ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ८० जना, तिलोत्तमा नगरपालिकामा ३६ जना, सिद्धार्थनगर नगरपालिकामा २३ जना, ,सैनामैना नगरपालिकामा १४ जना, देवदह नगरपालिका र कोटहीमाई गाउपालिकामा १२÷१२ जना, ओमसतिया गाउपालिकामा ३ जना,रोहिणी गाउपालिकामा २ जना तथा सियारी,कञ्चन र सुद्धोधन गाउपालिकामा १÷१ जना गरी १ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म ३ हजार १९ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन भने ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल रुपन्देहीमा २ हजार २ सय ६९ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

 

प्रकाशित मिति : बुधबार, कार्तिक ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij