दसैं अवधिमा कस्तो रहला मौसम ? यस्तो छ पूर्वानुमान

दसैं अवधिमा कस्तो रहला मौसम ? यस्तो छ पूर्वानुमान

काठमाडौं – अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुन बाहिरिएयता नेपालमा उल्लेखनीय मौसमी प्रणालीभने छैन ।

तर स्थानीय वायुका कारण कतै कतै हल्का पानी पर्ने सम्भावना भने रहेको मौसमविद्ले अनुमान गरेका छन् । यस्तो छ तीन दिन अर्थात् दसैँको अष्टमीसम्मको पूर्वानुमान :-

कार्तिक ०६ गते (बिहीबार)
दिउँसो : प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

राती : देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

कार्तिक ०७गते (शुक्रबार)
दिउँसो : देशभर पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

राती : प्रदेश न १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ०८ गते (शनिबार)
दिउँसो : प्रदेश न १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र बामती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश न १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij