बुटवल-बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जनाको गएराती मृत्यु भएको छ । लुम्बिनी प्रादेसिक अस्पतालका सुचना अधिकृत डा बिष्णु गौतमका अनुसार मृत्यु हुनेमा एक जना अर्घाखाँचीका र अर्का एक जना रुपन्देहीको तिलोत्तमाका छन ।
अर्घाखाँचीको पाणिनी ७ का ३८ बर्षीय पुरुषको हिजो राती साढे ९ बजेतिर मृत्यु भएको हो । अशोज २२ गते कोरोना संक्रमण भएपछि कोरोना अस्पताल ल्याइएका उनको आइसीयुमा उपचार भइरहेको थियो । त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ का ८१ बर्षे बृद्धको पनि गएराती सबा बाह्र बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । कात्तिक १ गते स्वास्थ्यमा समस्या भएपछि अस्पताल ल्याइएका उनलाइ कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरीएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयुमै उपचार भइरहेपनि गएराती उनको मृत्यु भएको डा गौतमले जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, कार्तिक ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्