पछिल्लो २४ घण्टामा २,२२५ संक्रमित थपिए, थप १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २,२२५ संक्रमित थपिए, थप १३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २,२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ८४६ नमुना परीक्षण गर्दा २,२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

७७९ महिला र १४४६ पुरुषमा थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनामा कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । योसहित नेपालमा अहिलेसम्म ८४२ सङ्क्रमितको मृत्यु भएको छ ।थप २,८४६ सङ्क्रमित निको हुँदा हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ भने ४६ हजार ५७ संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : शनिबार, कार्तिक ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij