स्वास्थ्य मन्त्रालयको निर्देशन : खर्च व्यहोर्न नसक्ने कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गर्नु

स्वास्थ्य मन्त्रालयको निर्देशन : खर्च व्यहोर्न नसक्ने कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गर्नु

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने कोभिड १९ संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सबै सरकारी, सामुदायिक, गैर सरकारी, निजी अस्पतालहरु र मेडिकल कलेजहरुलाई उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको हो ।

यस अघि सरकारले विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको चौतर्फी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने व्यक्तिले स्वघोषणा गरे निःशुल्क हुने भनेको थियो।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)का कोअर्डिनेटर डा. गुणराज लोहनीले जारी जारी गरेको विज्ञप्तिमा कतिपय अस्पतालले कोभिड–१९ का विरामीलाई भर्ना गर्दा रकम मागेको, रकम जम्मा गर्न नसक्दा उपचारबाट बञ्चित गरेको गुनासो आएको उल्लेख गरिएको छ। गरिब, विपन्न, अशक्त, असहाय, जेष्ठ नागरिकको उपचार सरकारले निःशुल्क गर्ने र यसका लागि बिरामीका तर्फबाट स्वयं घोषणा गरे मान्य हुने भन्दै डा. लोहनीले यस विपरीत काम गरे अस्पतालहरु स्वंयम जिम्मेवार हुने बताएका छन् ।

विज्ञप्ति :

प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij