बुटवलका ३५ सहित रूपन्देहीमा थप ८४ जनामा काेराेना संक्रमण

बुटवलका ३५ सहित रूपन्देहीमा थप ८४ जनामा काेराेना संक्रमण

बुटवल। बुटवलका ३५ सहित रूपन्देहीमा मंगलबार थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देही जिल्लामा ४७ पुरूष र ३७ महिला गरि ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

यससँगै रूपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ९ सय १८ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार मंगलबार रूपन्देहीको बुटवल उपमहानगरपालिकाका ३५ जना,सिद्वार्थनगर नगरपालिकाका २२ जना,तिलोत्तमा नगरपालिकाका २१ जना,सैनामैना नगरपालिकाका ३ जना र ओमसतिया गाउपालिकाका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
रूपन्देही जिल्लामा हालसम्म ३ हजार ७ सय २७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ६८ जनाको मृत्यु भएको छ ।
हाल रूपन्देही जिल्लामा २ हजार १ सय २३ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ । यसैबीच रूपन्देही जिल्लामा सोमबार थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

सोमबार बुटवल उपमहानगरपालिकाका १४ जना,सैनामैना नगरपालिकाका ४ जना,तिलोत्तमा नगरपालिका र सिद्वार्थनगर नगरपालिकाका ३र३ जना,देवदह नगरपालिका,सियारि गाउपालिका,गैडहवा गाउपालिका र ओमसतिया गाउपालिकाका १र१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij