काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि फेरि सुरु हुने भएको छ ।
मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो । दशैँ पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जनसहित हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
मन्त्रालयले दशैँ बिदाका बेलामा कोभिड-१९ का बारेमा आवश्यक सूचना सामाजिक सञ्जालबाट जानकारी गराएको थियो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन तथा सामाजिक सञ्जालबाट गरी निरन्तर दुई सय ६० दिनदेखि कोभिड-१९ का बारेमा जानकारी गराउँदै आएको छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्