स्याङ्जा
स्याङ्जामा एक युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पुतलीबजार नगरपालिका ६ पुरीस्वाराका २९ वर्षीय सूर्यबहादुर गुरुङलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रवक्ता अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा पुरीस्वाराका ३४ वर्षीय टाउके भन्ने इन्द्रजित गुरुङ, ३४ वर्षीय गिरेबहादुर गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।
मङ्गलबार राति पुतलीबजार नगरपालिका ६ टक्सार कोल्डाँडा पहिरोमा मादक पदार्थ सेवन गरी दुई पक्षबीच झडप हुँदा सूर्यबहादुर गम्भीर घाइते भएका थिए । घाइते गुरुङको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्