कोरोना भाइरसको उच्च जोखिममा गर्भवती :महिला के भन्छन त चिकित्सक ?

कोरोना भाइरसको उच्च जोखिममा गर्भवती :महिला के भन्छन त चिकित्सक ?

फाइल फोटो

बुटवल
कोभिड १९ एक किसिमको भाइरल रोग हो ।यो भाइरसले बिषेश गरी मानिसको श्वासप्रश्वास प्रणलीमा असर गर्छ । यो भाइरस मुख, नाक र आँखाको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ। कोरोना लागेको १४ दिनपछि यसको लक्षण देखिने गर्छ। तर कुनै मानिसमा लक्षण नै देखिँदैन। जसका कारण अर्को व्यक्तिमा कोरोना संक्रमणको जोखिम बढी हुन्छ। कोरोना जोखिम सबै खाले मानिस मा उतिकै हुन्छ तर मध्ये पनि बिषेश जसलाई कोरोनाको जोखिम अन्यभन्दा बढी नै हुन्छ।जस मध्ये गर्भवती महिला यसको बढी जोखिममा पर्छन्। गर्भवती महिला कोरोना भाइरसको जोखिममामा हुन्छौ भनेर धेरै गर्भवती महिला नियमित चेक जाच पनि नगरि बस्ने गरेको तथा धेरै डरत्रासका भएको पाइएको छ । ।सुख्खानगर घरभएकी पार्वती मगर गर्भवती भएको अहिले ६ महिना भयो उनी गर्भवती भइसके पछि गर्नुपर्ने नियमित जाच अझै सम्म गराएकि थिइनिन कारण थियो यही कोरोना भाइरसको यो बढदो त्रासले गर्दा अस्पताल जान डराएर पछि आफन्तको करकापका निजि क्लिनिक गइन र नियिमित औषधी सेवन गरीन अहिले जसको असर उनको गर्भ रहेको बच्चाको ६ महिना जति बृद्धि हुनुपर्ने हो भएन ।बुटवल कि आर्की महिला बिमला ज्ञवाली उनी ८ महिनाको गर्भवती महिला हुन उनी आफनो सुरक्षको लागि उनी आफन्त र साथीभाइसँग टाढै रहने रआइरन र क्याल्सियम चक्की नियमित खानी घरमै बस्ने पोसिलो आहार खाने र सरसफाइमा ध्यान दिने गरेको बताउनछिन ।त्यस्तै ९ महिनाकि गर्भवती सिमा रोक्का उहा भन्नुहुन्छ गर्भवती महिला र उनको परिवार भिडभाडमा नजाने र घरमा सबैले नियमित साबुनपानीले हात धुने गर्नुपर्छ। घरभित्र बसेर नियमित व्यायाम, योग र प्रशस्त झोलपदार्थ सेवनले प्रतिरोधात्मक शक्ति बढाउन मद्दत पुग्छ हामी जस्ता गर्भवती महिला सुरक्षित रहन सकिन्छ । यि महिला हरु एउटा उहाहरणका पात्र हुन यस्ता गर्भवती महिला धेरै छन जसले आफुले अनि उसको घरपरिवारले सवाधानी अपनाउन जरुरी रहन्छ । गर्भवती तथा सुत्केरी अवस्थामा जुनसुकै बेला पनि जोखिम आउन सक्ने भएकोले पूर्व सावधानी अपनाउनु पर्ने चिकित्सहरू सल्लाह दिन्छन् । यसै सन्दर्भमा लुम्बिनी प्रादेशिक अस्पतालका स्त्री रोग बिषेशज्ञ डा ।मनिषा महर्जन बताउनुहुन्छ । गर्भवतीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने एवं श्वासप्रश्वास तथा मुटुको क्षमता कमजोर हुन्छ। त्यसैले उनीहरु कोरोनाको जोखिम समूहमा पर्छन्। उनीहरु सधैं सतर्क रहनुपर्छ।
कोरोना भाइरसको यो बढदो त्रास कसैको कोखमा सन्तान, कसैको काखमा, तर कोखमा सन्तान हुर्काइरहेका गर्भवती र काखमा शिशु स्याहारिरहेका सुत्केरी दुवैथरी महिलाले महामारीमा अतिरिक्त पीडा र त्रास बेहोरिरहेको डा.महर्जन भन्नुहुन्छ गर्भवती मनोवैज्ञानिक रुपमा कमजोर हुन्छन्। यो बेलामा घर परिवारको पूर्ण साथ र हौसलाको आवश्यक पर्छ। शरीरले माग गरेअनुसार पौस्टिक आहार खानुपर्छ। कोरोना भाइरसले गर्भवती महिला र गर्भमा रहेको शिशुलाई असर गर्ने गरेको विभिन्न अध्ययनहरुमा पाइएको छ। त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल का आर्का स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा बबीता थापा भन्नुहुन्छ अहिले सङ्क्रमणको उच्च जोखिम भएकोले खासगरी गर्भवती तथा सुत्केरी महिलाले खानेकुरा, सरसफाइ, नियमित स्वास्थ्य चेकजाँचमा विशेष ख्याल राख्नु पर्ने बताउनुहन्छु । उहा भँन्नुहुन्छ कोडिभ१९को बेला पनि गर्भवती तथा सुत्केरीलाई उपचार गर्न समस्या नभएकोले स्वास्थ्य संस्थामा आएर स्वास्थ्य जाँच गर्न, सल्लाह सुझाव र परामर्श लिन र आवश्यक परे फोनबाटै चिकित्सकको सल्लाह लिन सकिन्छ ।
कतिपय गर्भवती महिलाले साँचो जानकारी नदिँदा स्वास्थ्यकर्मीलगायत अस्पतालमा रहेका अन्य विरामीको स्वास्थ्य जोखिममा पर्ने लुम्बिनी प्रादेशिक अस्पतालका स्त्री रोग बिषेशज्ञ डा. थापा वताउनुहुन्छ । त्यसो नगर्न नहुने सल्लाह दिँदै उहा भन्नुहुन्छ, सबैले त त्यस्तो गर्नुहुन्न। तर कोही विरामी पटक पटक एउटै कुरा सोधियो भनेर रिसाउनु हुन्छ। सुरक्षा हामी सबैको जिम्मेवारी हो। एकजना विरामीले सत्य जवाफ दिनुभएन भने सबै जोखिममा पर्छौँ।
हातमा पञ्जा मुखमा मास्क बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने सामाजिक दुरी कायम गर्न उनी सबैलाई आग्रह गर्नुहुन्छ।त्यसैले यस्तो विषम परिस्थितिमा सामान्य समयमा भन्दा गर्भवती तथा सुत्केरी महिलाहरूलाई बढी ध्यान दिनुपर्ने बताइन्छ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओ को निर्देशन अनुसार सामाजिक दूरी कायम गर्ने, २० सेकेन्डसम्म साबुनपानीले हात धुने, खोक्दा या हाछ्युँ गर्दा नाक मुख छोप्ने, सकेसम्म भीडभाडमा नजाने र मास्कको प्रयोग गर्नुपर्छ।
आफूलाई कोरोनाका लक्षण उच्च ज्वरो, झाडापखाला, श्वासप्रश्वास एवं पाचन प्रणालीमा समस्या देखिए तत्काल चिकित्सकसँग परामर्श गर्नुपर्छ। चिकित्सकको सल्लाह बमोजिम पिसिआर परीक्षण गर्नुपर्छ। कोरोना संक्रमण भएको अवस्थामै शिशु जन्मिए सही विधि अपनाएर स्वस्थ तरिकाले स्तनपान गर्न मिल्ने अध्ययनहरुले प्रमाणित गरेका छन्।
तर, संक्रमित आमाले शिशुलाई स्तनपान गराउँदा भने ध्यान दिनुपर्छ। शिशुलाई छुनुअघि राम्रोसँग साबुनपानीले हात धुने, सही तरिकाले मास्क प्रयोग गर्ने, आफू बसेको ठाउँलाई संक्रमणमुक्त राख्ने र यदि धेरै अस्वस्थ भएमा पम्पको उचित प्रयोग गर्नुपर्छ।
कोरोना संक्रमित महिलाले शल्यक्रिया अर्थात् पेट चिरेर बच्चा जन्माउनुपर्छ भन्ने हुँदैन। तर कोरोनाले कुनै पनि बेला समस्या निम्त्याउन सक्ने हुँदा नियमित रुपमा चिकित्सकको परामर्श एवं निगरानीमा बस्नुपर्छ।
कोरोना संक्रमित महिलाले सफलतापूर्वक सामान्य डेलिभरी गरेका कयौं उदाहरण पनि छन्। तर सकेसम्म सुरक्षित भएर कोरोना संक्रमण हुन नदिनु नै बुद्धिमानी हुन्छ। त्यसैले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सावधानी अपनाउन अति नै आवश्यक छ।
हालसम्म उपलब्ध जानकारीका आधारमा गर्भावस्थामा आमाबाट बच्चामा यो भाइरस सर्ने वा नसर्ने तथा उक्त भाइरसले बच्चामा पार्ने असरका बारेमा पर्याप्त तथ्य उपलब्ध छैन गर्भवती महिलाहरूले भाइरसबाट जोगिन उपयुक्त सावधानी अपनाउनु पर्दछ र ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ।

 

 

प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij