कांग्रेसका नेता धितालको निधन :तीनदिन सम्म पार्टिको झण्डा झुकाउने

कांग्रेसका नेता धितालको निधन :तीनदिन सम्म पार्टिको झण्डा झुकाउने

बुटवल १५ कार्तिक । नेपाली कांग्रेस रुपन्देहीका नेता, पुर्व जिल्ला विकास समिति रुपन्देहीका सभापति एवम नेपाली कांग्रेस जेष्ठ राजनितिज्ञ सभाका सदस्य विजय प्रसाद धितालको निधन भएको छ । नेता धितालको ७९ वर्षको उमेरमा उपचारका क्रममा गएराती काठमाडौंमा निधन भएको हो । उहांको निधनप्रति नेपाली कांग्रेस रुपन्देहीले गहिरो दुख व्यक्त गरेको छ ।
पार्टि सभापती अब्दुल रज्जाकले एक विज्ञप्ती जारी गर्दै रुपन्देहीको तिलोत्तमा ६ निवासी नेता धितालले लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन र समाजसेवमा पुर्याउनु भएको योगदानको सदैव कदर गर्ने उल्लेख गर्नु भएको छ।
आफ्नो सम्पुर्ण उर्जाशिल जिवन नेपालको प्रजातान्त्रीक, लोकतान्त्रीक आन्दोलनमा व्यतित गर्नु भएका शोकको यो घडिमा सम्पुर्ण परिवारमा धैर्यधारणको कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौं – विज्ञप्तीमा भनिएको छ ।
नेता घितालको योगदानको उच्च कदर गर्दै तिन दिनसम्म पार्टि कार्यालय बन्द गर्ने, पार्टिको झण्डा आघा झुकाउने र तीन दिनसम्म पार्टिका कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्ने जानकारी पनि कांग्रेस रुपन्देहीले दिएको छ। स्वगिर्य धितालका एक छोरा एक छोरी र एक श्रीमति हुनुहुन्छ ।

 

प्रकाशित मिति : शनिबार, कार्तिक १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij