श्वासप्रश्वासमा समस्या भएका संक्रमितका लागि बुटवल उपमाहानगरले घरमै अक्सिजन पुर्‍याउने

श्वासप्रश्वासमा समस्या भएका संक्रमितका लागि बुटवल उपमाहानगरले घरमै अक्सिजन पुर्‍याउने

बुटवल
बुटवल उपमाहानगर पालिकाले श्वासप्रश्वासमा समस्या भएका कोरानो संक्रमितका लागि घरघरमै अक्सिजन सिलिण्डर पुर्‍याउने गरी तयारी थालेको छ । ।
महामारीविरुद्ध शुरूदेखि नै व्यवस्थित र अभिभावकीय भूमिका निर्वाह गर्दै आएको बुटवल उपमहानगरपालिकाले होम आइसोलेसनमा बसेकाका लागि आपतकालीन अवस्थामा घरसम्मै अक्सिजन उपलब्ध गराउने तयारीमा जुटेको छ ।
अहिले होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योग र आयुर्वेद ओखती वितरण, एम्बुलेन्स तयारी अवस्थामा छन् ।
नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक ओखती पुर्‍याएको उपमहानगरले अहिले तिनै दीर्घरोगी र संक्रमितको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सहितको स्वास्थ्य सेवा पुर्‍याउने तयारी गरिरहेको छ ।
होम आइसोलेसनमा बसेकालाई तत्कालै अक्सिजन मात्रै भए पनि राहत हुने र उपचार प्रभावकारी हुने अवस्था भएका ठाउँमा आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलब्ध गराउने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाउने तयारी शुरू गरिएको तथा प्राविधिकसँग छलफल भइरहेको प्रमुख शिवराज सुवेदीले बताउनुभयो । यसका लागि उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत, स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न प्रमुख सुवेदीले निर्देशन दिइसक्नुभएको छ।
अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक अध्ययनसँगै प्रक्रिया अगाडि बढाइएको प्रमुख सुवेदीले बताउनुभयो ।
बुटवल उपमहानगरका सहरी स्वास्थ्य प्रर्बद्धन केन्द्र तथा स्वास्थ्य चौकीको सेवाप्रवाहलाई अझ व्यवस्थित गराउँदै जस्ता स्वास्थ्य संस्थामार्फत वडा तहको सहकार्यमा संक्रमितको नियमित स्वास्थ्य निगरानी शुरू गरिएको छ । यसका लागि उपमहानगरले वडा तहमै तत्काल रेस्पोन्स टीम बनाउने तयारी गरेको छ ।
प्रमुख सुवेदीले जनस्वास्थ्यको क्षेत्रमा उपमहानगर जिम्मेवार रहँदै आएको बताउँदै उपलब्ध रहेका साधन स्रोतको अभावमा कसैको पनि अकालमा ज्यान नजाओस् भनेर थप संवेदनशील बनेको बताउनुभयो ।
उपमहानगरका कर्मचारीको कोरोना संक्रमणबाट निधन भएको र उनले समयमा आईसीयू सहितको बेड नपाएको घटनापछि उपमहानगरमा जनप्रतिनिधिले थप तदारुकता देखाएका छन् ।

प्रकाशित मिति : सोमबार, कार्तिक १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij