काठमाडौं – प्रहरीले काठमाडौंको ओमबहालबाट करोड रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हुन्डी कारोबारमा प्रयोग गरिएको करिब एक करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् । मोबाइलका पार्ट्सको पसल चलाइरहेका मित्तलद्वय दाजुभाइ हुन् भने पौडेल सहयोगी रहेको प्रहरीको भनाई छ । मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ र ८ सय अमेरिकी डलर बरामद गरिएको ब्युरोका डीआईजी सहकुल थापाले जानकारी दिए ।
बरामद गरिएको हुन्डीको रकम विदेश पठाउन लागिएको सीआईबीले आशंका गरेको छ । डीआईजी थापाका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्