‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो’:प्रम ओली

‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो’:प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आज (बुधबार) त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटनका क्रममा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनको भनाइ छ ।

प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट राजीनामाको दबाब आएको, नेकपा फुट्न लागेको लगायतका कुराहरु बाहिर आइरहेका बेला प्रम ओलीले यी कुरामा सत्यता नभएकाे दाबी गरे । के अहिले मैले राजीनामा दिन हुन्छ ? भन्दै उनले कार्यक्रममा प्रश्न समेत गरे । ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन’, उनले भने ।

यस्तै प्रम ओलीले आफू रहरले प्रधानमन्त्री नभएको पनि बताए । कार्यक्रममा उनले भनेका छन्, ‘म रहरले, म जालझेल गरेर प्रधानमन्त्री भएको होइन, जनताका आवश्यकता र समर्थनले भएको हुँ । त्यसैले अहिले नै राजीनामा दिन्नँ ।’

प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij