काठमाडौ : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९ जना कोरोना (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ४४ पिसिआर परीक्षण गरिएको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो एक दिनमा ३८ सय ४४ जनाले कोरोनालाई जितेका छन्। मन्त्रालयका अनुसार कोरोना संक्रमित निको हुने दर बढेर ७९ प्रतिशत पुगेको छ। दशैँ अगाडि यो दर घटेर ६८ प्रतिशतमा झरेको थियो।
मन्त्रालयका अनुसार सोमबार, मंगलबार र बुधबार तीनमा जम्मा ३७ हजार ७५६ को कोरोना परीक्षण गरिएको छ। जसमध्ये ९ हजार ३५६ मा कोरोना पोजेटिभ देखिएको छ।
प्रवक्ता गौतमका अनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ। सरकारले अहिलेसम्म १४ लाख ९ हजार ४२२ पिसिआर परीक्षण गरेको छ।
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्