धेरै संक्रमित सूचीको ३४ औं स्थानमा नेपाल

धेरै संक्रमित सूचीको ३४ औं स्थानमा नेपाल

काठमाडौं – नेपाल कोभिड-१९ संक्रमणको खराब मुलुकहरुको सूचीमा फड्को मार्दै अगाडि बढेको छ । २१८ देश तथा क्षेत्रहरुमा संक्रमण पुष्टि भएको मध्ये नेपाल ३४ औं स्थानमा पुगेको कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणमा उल्लेख छ ।

कोभिड-१९ संक्रमणको आउटब्रेक इपिसेन्टर चीन हुँदै जापान, एसियाका युएई, कतार, ओमानलगायतका देशहरुलाई पछाडि पार्दै ३४ औं स्थानमामा उक्लिएको हो । नेपालमा १५ लाख ७ हजारको पीसीआर परीक्षण गर्दा १ लाख ८५ हजार ९ सय ७४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जसमध्ये १ लाख ४८ हजार ४ सय ८ जना निको भएका छन् भने १ हजार ५२ जनाको ज्यान गएको छ । देशभर अहिले ३६ हजार ५ सय १४ जना सक्रिय संक्रमित छन् । नेपालभन्दा एक स्थान माथि रहेको स्वीटजरल्याण्डमा २ लाख २ हजारमा कोरोना पुष्टि हुँदा साढे २ हजारको ज्यान गएको छ । ८७ हजार निको भएका छन् भने १ लाख १२ हजार सक्रिय संक्रमित छन् ।

अहिलेसम्म विश्वभर ४ करोड ९० लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये ३ करोड ४९ लाख निको भएका छन् भने १२ लाख ३ हजारको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ९९ लाख १४ हजारको रिपोर्ट पोजेटिभ आएको वल्डोमिटरले जनाएको छ । थप एक हजार ९४ को ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख ४० हजार नाघेको छ ।

अमेरिकापछि भारतमा ८४ लाखमा कोरोना पुष्टि हुँदा १ लाख २५ हजारको ज्यान गएको छ । ७७ लाख ६४ हजार भने निको भएका छन् । यस्तै ५६ लाख १४ हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा १ लाख ६१ हजारको ज्यान जाँदा ५० लाख ६४ हजार निको भएका छन् ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij