JanataToday.com

Advertisment

SKIP THIS

कञ्चन गाँउपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता आजबाट शुरु

कञ्चन गाँउपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता आजबाट शुरु

कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिकामा शुक्रवार देखि प्रथम अध्यक्ष कप खुल्ला टी ट्वान्टी क्रिकेट प्रतिोगिता शुरु भएको छ ।कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले प्रतियोगिताका निर्णायकलाई क्रिकेट बल हस्तान्तरण गर्दै उक्त प्रतियोगिताको शुरुवात गर्नु भएको हो ।
प्रतियोगिताको शुरुवात गर्दै अधयक्ष क्षेत्रीले स्वास्स्थ्यको लागि खेलकुद अनिवार्य शर्त भएको र खेलकुदको माध्यमबाट नै युवाहरुलाई बिकासको साझेदार बनाउन सकिने समेत बताउनु भएको छ।अध्यक्ष क्षेत्रीले जसरी सामुहिक खेल प्रतियोतिामा सामुहिक एकता र समन्वयको महत्व हुन्छ त्यसरी नै समाज रुपान्तरणका लागि हुने बिकासमा पनि युवाहरुको क्रियाशिलता एकता र समन्वय हुनु जरुरी रहेको र जसले गुणात्मक बिकासमा महत्वपुर्ण टेवा पुग्ने उल्लेख गर्नु भएको छ।
कार्तिक ३० गते सम्म संचालन हुने प्रतियोतिामा २० क्रिकेट क्लवहरुको सहभागिता रहेको छ भने प्रतियोगितामा बिजेता टिमले नगद ४० हजार रुपैया र उप विजेताले २५ हजार रुपैया र कप,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक लालि गुरांस युवा कलवका सुभाष क्षेत्रीले जानकारी दिनु भएको छ।
लाली गुरांस युवा कलवका अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा शुरुवात भएको प्रतियोगितामा कञ्चन गाउापलिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता,उपाध्यक्ष गोमा तरामु र प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतको बिशिष्ट आतिथ्यता रहेको थियो भने वडा नं. ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछाने,वडा सदस्य चुडामणी सुबेदी,लेखा अधिकृत सन्तोष गैरे लगायतको आतिथ्यता रहेको कार्यक्रममा क्लवका सल्लाहकार तुल बहादुर थापाको स्वागत तथा सुभाष क्षेत्रीको संचालनमा प्रतियोगिता शुरु भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij