विश्वमा ३ करोड ५७ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे संक्रमित र मृतक ?

विश्वमा ३ करोड ५७ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे संक्रमित र मृतक ?

काठमाडौं – विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड ५७ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ५७ लाख ९३ हजार २२७ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १२ लाख ६१ हजार ९८० जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ५ करोड ७ लाख ३१ हजार १५१ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ४३ हजार ७६८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड २ लाख ८८ हजार ४८० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७ हजार २६ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ५१२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार ६५३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४९१ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ६६१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८५ लाख ५३ हजार ८६४ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५६ लाख ६४ हजार ११५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १११ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ३९७ पुगेको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij