प्रचण्ड समूह अनुपस्थित, विघटित नेकपा कार्यदलको बैठक स्थगित

प्रचण्ड समूह अनुपस्थित, विघटित नेकपा कार्यदलको बैठक स्थगित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समूह अनुपस्थित भएपछि विघटित नेकपा कार्यदलको सोमबार (आज) बस्ने भनिएको बैठक स्थगित भएको छ ।

अध्यक्ष दाहाल समूहका दुई नेता पम्फा भूसाल र जनार्दन शर्मा अनुपस्थित भएपछि ६ सदस्यीय नेकपा कार्यदलको बैठक स्थगित भएको बालुवाटार पुगेका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

नेता पाण्डेले भीम रावल, शंकर पोखरेल, विष्णु पौडेल र आफूमात्रै बालुवाटार पुगेको बताए । उनले बताएअनुसार नेता शर्मा आफू कोरोना संक्रमित भएको बताउँदै बैठकमा उपस्थित हुन नसक्ने बताएका थिए भने नेतृ भूसालले पहिले आउँछु भने र पछि आइपुगेनन् । दुई नेता अनुपस्थित नभएपछि सामान्य छलफल मात्रै भएको र विषय प्रवेश नै नभएको नेता पाण्डेले बताए ।

यसअघि आजै बिहान अर्थमन्त्रीसमेत रहेका पौडेल प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको सन्देश लिएर प्रचण्डनिवास खुमलटार पुगेका थिए । भेटमा पौडेलले विघटित नेकपा कार्यदलले पार्टी विवादका विषयमा भेटेर छलफल गर्ने कुरा राखेको पनि बुझिएको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij