काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)ले संसारलाई आतंकित बनाइरहेका बेला एउटा नयाँ भ्याक्सिनले आशा जगाएको छ । उक्त खोप लगाएका मध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको हो ।
खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले यस्तो नतिजा प्राप्त भएपछी विज्ञान र मानवताका लागि एक महान दिन भएको बताएका छन् । खोप विभिन्न ६ देशका ४३ हजार ५०० मानिसमा परिक्षण गरिएको थियो र त्यसक्रममा सुरक्षा सम्बन्धी कुनै पनि चिन्ताहरू देखा परेका थिएनन् ।
ति कम्पनीहरूले यो महिनाको अन्त्यसम्ममा उक्त खोपको प्रयोगका लागि आवश्यक अनुमति आपतकालिन रूपमा प्राप्त गर्न आवेदन दिने योजना बनाएका छन् । अगाडि अझै पनि ठूला चुनौतीहरू बाँकी नै छन् तर यो घोषणालाई वैज्ञानिकहरूले स्वागत गरेका छन् ।
बीबीसीले उल्लेख गरेअनुसार अमेरिका, जर्मनी, ब्रजिल,आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परिक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस सङ्क्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो ।
औषधी निर्माण कम्पनी फाइजरको विश्वासमा उस्ले यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्न सक्नेछ । र सन् २०२१ को अन्त्य सम्ममा उक्त कम्पनीले १ अर्ब तीस करोड मात्रा आपूर्ति गर्न सक्ने सो कम्पनीले बताएको छ । यूकेले यो वर्षको अन्त्यसम्ममा उक्त खोपको एक करोड मात्रा प्राप्त गर्न सक्नेछ भने थप तीन करोड मात्राको लागि खरिद आदेश दिइसकिएको छ ।
फाइजरका अध्यक्ष डा अल्बर्ट बूर्लाले भनेका छन्- ‘यो विश्वव्यापी महामारीलाई अन्त्य गर्नकालागि संसारभरीका मानिसहरूलाई अत्यावश्यक उपाय प्रदान गर्ने दिशामा हामी एक उल्लखनीय कदमले नजिक पुगेका छौँ ।’ बायोएनटेकका एकजना संस्थापक प्राध्यापक उगुर साहिनले यो नतिजालाई कोशेढुङ्गा भनेर व्याख्या गरेका छन् ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्