प्रधानमन्त्रीको जवाफ नआएपछि दाहाल–नेपाल पक्षले डाक्यो बैठक

प्रधानमन्त्रीको जवाफ नआएपछि दाहाल–नेपाल पक्षले डाक्यो बैठक

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहमत नभएपछि असन्तुष्ट दाहाल–नेपाल पक्षले बैठक डाकेको छ । बैठक मंगलबार (आज) चार बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको हो ।

स्रोतका अनुसार दुई दिने अल्टिमेटम सकिएपछि पनि प्रधानमन्त्री ओलीले तदारुकता नदेखाएको भन्दै चार बजेका लागि बैठक डाकिएको हो । यसअघि प्रधानमन्त्री ओलीलाई दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ जुट्ने तरखर गरेका हुन् ।

यसअघि गत शनिबार पाँच असन्तुष्ट नेताहरुले प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन दुईदिने अल्टिमेटम दिएको थियो । अल्टिमेटम सोमबार (हिजो) नै घर्किसकेको छ । त्यसपछि पनि प्रधानमन्त्री ओलीले कुनै चाल नदेखाएपछि जुट्नुपरेको स्रोत बताएको छ ।

अध्यक्ष दाहाल आफ्नो कार्यकारी पदको उपयोग गर्दै आजै सचिवालय बैठक डाक्ने तरखरमा थिए । त्यसमा ओलीको विश्वासपात्र शंकर पोखरेल आजको बैठक रोक्ने प्रयासस्वरुप सन्देश लिएर खुमलटार पुगेको बुझिएको छ । यसअभन्दा अगाडि विष्णु पौडेल पनि ओलीको सन्देश लिएर खुमलटार पुगेका थिए ।

गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले दुई अध्यक्षात्मक व्यवस्थाको समझदारीपूर्वक कार्यान्वयनमा समस्या आएको भन्दै ओली र प्रचण्डको कार्यविभाजन र कार्यअधिकार तोकेको थियो । कमिटी बैठकले ओली आगामी प्रतिनिधि सभाको कार्यकालभरी प्रधानमन्त्री भएर सरकारको कामकारबाहीमा केन्द्रित हुने, प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीको कामकारबाहीमा केन्द्रित हुने निर्णय भएको थियो ।

तर, काम गर्दा एकअर्कासँग समन्वय गर्नुपर्ने भनिएकोमा ओलीले एकलौटी ढंगबाट काम गर्न थालेपछि प्रचण्ड–नेपाल समूह असन्तुष्ट बन्दै गएको छ ।

 

प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij