काठमाडौं
आजदेखि तीन दिनसम्म बैंकहरु बन्द हुने भएका छन् ।तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । गएको वर्षको दशैँ तथा तिहारको बिदामा समेत सीमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गरेका हुन् ।
सीमित शाखा खोलेर बैंकिङ्ग सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन हुने बैंकहरुले जनाएका छन् ।
प्रकाशित मिति : शनिबार, कार्तिक २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्