काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे शुरु हुनेछ । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा पराजित नेपाल दोस्रो खेल जित्दै मैत्रीपूर्ण श्रृंखला बराबरी गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो ।
बंगलादेशविरुद्धको दोस्रो खेलमा नेपालका रजिन धिमाल मैदानमा फर्कने छन् । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए । अहिले उनी कोरोनामुक्त भईसकेका छन् ।
यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले अभ्यास एवं तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
प्रकाशित मिति : मंगलबार, मंसिर २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्