काठमाडौं ।
बितेको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सोही समयावधिमा २८ सय ७८ जना संक्रमित कोरोनामुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ४७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३ हजार ११२ पिसिआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, मंसिर २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्