बुटवल,।
बालकहरु प्रयोगगरी अबैध रुपमा भारततर्फ लैजादै गरेका २३ वटा गाई–गोरु सहित रुपन्देहीमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यलय,रुद्रपुरबाट खटिएको गस्ती टोलीले रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ३ स्थित ठकुरापुरमा अवैध रुपमा चोरी पैठारी गरी भारततर्फ लैजादै गरेका २३ वटा गाई गोरु सहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
कपिलबस्तुबाट गैडहवाको सांडी हुदै कञ्चनको ठकुरापुर जंगलको बाटो अबैध रुपमा भारततर्फ लैजादै गरेको अवस्थामा २० वटा गाई,२ वटा गोरु र १ वटा सानो बाच्छो सहित गैडहवा गाउपालिका वडा नं. १ बस्ने बर्ष २७ का छट्टु पासी भन्ने अबदुल सलाम, बर्ष १८ का फिरोज मुसलमान,बर्ष ९ का सोलु पासी,बर्ष ७ का फरण पासी,फुच्चे पासी र गोलु पासीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए ।
छाडा गाई गोरुलाई राखिने गैडहवाको ढाँटमा राख्न भनेर अबैध रुपमा भारत तर्फ चोरी पैठारीका लागि लैजादै गर्दा नियन्त्रणमा लिइएका करिब १ लाख २५ हजार रुपैया बराबरको अबैध गाई तथा गोरुहरुको चोरी निकासीमा संलग्न ६ जनालाई थप अनुसन्धान सहित आवस्यक कार्वाहीका लागि अस्थाई प्रहरी चौकी,प्रतापपुरमा राखिएको ईप्रका,रुद्रपुरका प्रहरी निरीक्षक मल्लले बताए ।
बिभिन्न समयमा स साना बालबालिकाहरुलाई प्रयोग गरि तस्करहरुले भारततर्फ गाई गोरुहरुको अबैध रुपमा चोरी निकासी गर्दै आएका छन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्