काठमाडौं
१४औं महाधिवेशनकेन्द्रित क्रियाशील सदस्यतालाई टुंगोमा पुर्याउने कसरतमा जुटेको नेपाली कांग्रेसले २५ दिनभित्र नवीकरण तथा नयाँ वितरण भएका क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन सम्पूर्ण जिल्लाहरुलाई निर्देशन दिएको छ ।
पार्टी मुख्यसचिव कृष्ण पौडेलले ७७ ओटा जिल्लाका सभापतिहरुलाई यही मंसिर मसान्तभित्र क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन पत्राचार गरिएको जानकारी दिनुभयो ।
गएको कात्तिक २८ गते सम्पन्न भएको केन्द्रीय कार्यसमिति बैठकको निर्णयबमोजिम जिल्ला सभापतिहरुलाई निर्देशन दिने काम भएको हो ।
केन्द्रीय सदस्य अर्जुन जोशीकाअनुसार सदस्यहरुको सूची केन्द्रमा आइसकेपश्चात् महाधिवेशन कार्यतालिका हेरफेर गर्ने विषयमा पुनः केन्द्रीय कार्यसमिति बैठक बसेर छलफल गर्ने सहमति संस्थापन र इतर पक्षबीच भएको छ ।
पार्टीले सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन तल्ला तहका संरचनालाई निर्देशन दिइसकेको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसले १४औं महाधिवेशनमा क्रियाशील सदस्यको संख्यामा दोब्बरले वृद्धि गरेर करिब १० लाख पुर्याउने तयारी गरेको छ ।
यसअघि निर्धारण गरिएको कार्यतालिकाअनुसार भदौ मसान्तभित्र क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउने पार्टीको तयारी थियो ।
तर, कोरोना संक्रमण र पार्टीको आन्तरिक कलहका कारण महाधिवेशनकेन्द्रित पार्टीको गतिविधि अझै सुस्त नै रहेको देखिन्छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्