काठमाडौं: विश्वभरमा चार करोडभन्दा धेरै मानिस कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म चार करोड ९३ हजारभन्दा धेरैले संक्रमितले कोरोनालाई जितेर घर फर्केको वल्डोमिर्टसले जनाएको छ ।
विश्वमा अहिले पाँच करोड ७८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ । यस्तै सङ्क्रमित भएकामध्ये १३ लाख ७६ हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा विश्वमा ६ लाख ५४ हजार ३ सय ६८ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।
यही अवधिमा ११ हजारभन्दा धेरैको ज्यान गएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका २१८ देशमा फैलिसकेको छ । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित छ । अमेरिकामा एक करोड २२ लाखभन्दा धेरै सङ्क्रमित छन् ।
त्यहाँ अहिलेसम्म दुई लाख ६० हजार २ सय ४० जनाको ज्यान गएको छ । यस्तै भारतमा ९० लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ३२ हजार ७ सय ६४ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्