फन्टलाईनर’लाई रेडक्रशको प्रशिक्षण

फन्टलाईनर’लाई रेडक्रशको प्रशिक्षण

बुटवल- विपदको समयमा अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मीहरुलाई नेपाल रेडक्रस सोसाइटीले विशेष खालको प्रशिक्षण थालेको छ । सबै प्रदेसमा गर्ने यो तालिमले उनिहरुलाई संकटका वेला हुने मनोविज्ञानलाई कसरी सहि कार्य सम्पदानमा लगाने भन्ने जानकारी प्रदान हुने छ । लुम्बिनी प्रदेश अन्तरगतका १२ जिल्लाका स्वास्थ्य कार्यालयका फोकल प्रसनहरुलाई प्रशिक्षणमा सहभागि गराईएको हो । खासगरि विपदका वेला यौन तथा प्रजनन्संग सम्वन्धी विषयहरु कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर प्रशिक्षण चलाईएको छ । विपदका वेला बनाउने बनाईने योजना तर्जुमाका लागि यस्ता विषयहरुको संवेदनशिलातालाई तालिमका कारण थप महत्वपुर्ण बनाउने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ ।
राष्ट्रि स्वास्थ्य तालिम केन्द्र काठमाडौंका प्रशिक्षकहरुबाट संचालन भएको ४ दिन तालिमको आईतबार बुटवलमा शुभारम्भ गर्दै नेपाल रेडक्रसका केन्द्रिय महामन्त्री पिताम्वर अर्यालले संकटमा खटिने व्यक्तिहरुलाई अतिरिक्त प्रशिक्षणका लागि तालिम उपयोगी हुने बताए । उनले रेडक्रसले विपदका वेलामा पनि धेरै कुराहरुको नजरअन्दाज गरिने भएकोले प्रशिक्षणका माध्यमवाट त्यस्ता विषयको महत्व व्ुझाउने प्रयास गरेको बताए ।
कोरोना महामारीका वेला पनि रेडक्रसले फन्टलाईनरकै रुपमा रहेर कार्य गरिएको बताउदै महामन्त्री अर्यालले रगत व्यवस्थापन, प्लाज्मा व्यवस्थापन देखि स्वास्थ्य समाग्रि व्यवस्थापनमा खटिरहेको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य वावुराम भट्टराई, लुम्बिनी प्रदेस संयोजक शंम्भु पोख्रेल, प्रदेसका महासचिव कृष्ण पंगेनी, प्रशिक्षक डा ईश्वर उपाध्याप, सदिन अधिकारी, नागेन्द्र अर्याल लगायतले तालिमको महत्वका विषयमा चर्चा गरेका थिए ।
स्वाथ्य कार्यालय, समाजिक विकास मन्त्रालयका गरि २० जनाको सहयोगीता रहेको तालिममा विभिन्न दातृ नियकोको प्राविधिक सहयोग रहेको छ।

प्रकाशित मिति : आइतबार, मंसिर ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij