पश्चिम नवलपरासीमा एक लाख  दश हजार ५ सय मूल्य बराबरको अवैध मालसामान  बरामद 

पश्चिम नवलपरासीमा एक लाख  दश हजार ५ सय मूल्य बराबरको अवैध मालसामान  बरामद 

नवलपरासी
प्रहरीले पश्चिम नवलपरासीको  भारतिय सिमावर्ती एरियाबाट एक  लाख दश हजार पाँच  सय  मुल्य बराबर अवैध मालसामान  बरामद गरेको छ । आइतबार   भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको लेडिज सल, लेडिज सुटको थान कपडा, कांसको दियो, साडी, स्विटर, प्लाजा,  लेडिज सुट,  लेडिज कुर्ता लगायतका अबैध मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउपालिका वडा नं. ७ बुलन्दपुरबाट बरामद गरेको हो । उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ ।   बरामद भएका मालसामान आइतबार  नै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij