प्रधानमन्त्रीले भने- ‘अब कसैले अनाथ भएँ भन्नुपर्दैन, रेखदेख गर्ने सरकार छ’ [भिडियोसहित]

प्रधानमन्त्रीले भने- ‘अब कसैले अनाथ भएँ भन्नुपर्दैन, रेखदेख गर्ने सरकार छ’ [भिडियोसहित]

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि एक्लो महशुस नगर्न आग्रह गरेका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गरेका हुन् ।

अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने उल्लेख गर्दै उनले सरकार साथमा रहेको दोहोरयाए । ‘अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने- ‘अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन । सहारा छैन भन्नुपर्दैन । सरकार छ । राज्य छ ।’

योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको उनको भनाई छ । उनका अनुसार समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको हो ।

साथै प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकास अभियानमा अगाडि लम्किरहेको जिकिर गरे । उनले भने- ‘यो सरकार जनताको सरकार, सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिडेको सरकार, सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार, देश र जनताप्रति निष्ठा र प्रतिबद्ध भएको सरकार हो ।’

           -हेर्नुहोस् भिडियो :-

प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij