बुटवल-नेपालमा बिहीबार थप १६ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।
यसैगरी बिहीबार थप १४ सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ९ हजार ४३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ सय १२ पुगेको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्