जनआस्थाले गर्यो मृगौला पिडित इन्द्र बहादुर थापालाई आर्थिक सहयोग

जनआस्थाले गर्यो मृगौला पिडित इन्द्र बहादुर थापालाई आर्थिक सहयोग

कञ्चन-जनआस्था पृथ्वी क्लव,कञ्चन४,थकालीचौक,रुपन्देहीले मृगौैला पिडित इन्द्र बहादुर थापालाई आर्थिक सहयोग हस्तान्तरण गेको छ । बिगत २ महिना देखि मृगौला फेल भएर उपचारत कन्चन ४ बरपिपलचोक निवासी ४५ बर्सिय ईन्द्र बहादुर थापालाई आज आर्थिक संकलन गरी  १ लाख १ हजार १ सय १५ रुपपैया अक्षरुपी एक लाख एक हजार एक सय पन्ध्र रुपैया हस्तान्तरण गरेको हो ।
मृगौला पिडित थापाको उपचारका लागि स्थानिय र बैदेशिक रोजगारमा गएका सहयोगदाताहरुबाट प्राप्त आर्थिक सहयोग कञ्चन ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्री र क्लवका पदाधिकारीहरुले पिडितकै घरमा गई हस्तान्तरण गरिएको हो ।पिडित थापाको उपचारको लागि रु.२५ रुपैया देखि ५००० रुपैया सम्म २८६ जनाले आर्थिक सहयोग गरेका थिए भने कञ्चन गाउपालिकाले पनि आर्थिक अवस्था कमजोर भएका पिडित थापालाई निशुल्क उपचारका लागि निजले उपचार गराउदै आइरहेको अस्पतालमा सिफारिस गरेको छ ।
आर्थिक रुपमा कमजोर भई थप उपचारको लागि समस्यामा पर्दै आइरहेका मृगौला पिडित थापालाई आर्थिक सहयोग हस्तान्तरण गर्दै कञ्चन गगाउपालिका वडा नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले थापाको उपचारको लागि सहयोगी हातहरुले निस्वार्थ रुपमा दिनु भएको आर्थिक सहयोगको प्रशंसा गर्नु भएको थियो । हरेक नेपालीहरु पिडितहरुको पिडालाई कम गर्न आफ्नो छाक कटाएर भएपनि सहयोग गर्ने संस्कार बिश्वको लागि उदाहरणिय हो र यस्तो कार्य अन्य देशमा नहुने बताउदै सरकारले न्युनतम आधारभुत स्वास्थ्य सेवा पाउने अधिकार सुनिस्चित गरेको बताउनु थियो ।
यस्तै क्लवका अध्यक्ष उदय आलेले  मृगौला पिडित इन्द्र बहादुर थापाको उपचारका लागि जनआस्था पृथ्वी क्लवले संचालन गरेको आर्थिक संकलनमा साथ दिने सम्पुर्ण सहयोगीहरुलाई धन्यबाद दिनु भएको थियो । सबैभन्दा पहिला मान्छेको जिवनलाई बचाउनु मानबिय धर्म हो त्यसपछि मात्र लिनेदिने हुन्छ तसर्थ हामीले आर्थिक अभावमा उपचार गर्न नसकिरहेका थापाको उपचारको लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरेको बताउदै क्लवका अध्यक्ष आलेले एकजनाले धेरै सहयोग गरेर भन्दा सबैले थोरै थोरै सहयोग गर्नु सबै भन्दा ठूलो मानवियता भएको बताउनु भयो ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमको सहजिकरण क्लवका सचिव हिमाल थापाले गगर्नु भएको थियो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij