काठमाडौं -नेकपा केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लिखित प्रस्ताव पेश गर्दैछन् ।
गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले एकल प्रस्ताव पेश गरेका थिए । प्रचण्डको प्रस्तावमा उठाइएको प्रश्नहरुको जवाफ ओलीले आजको बैठकद्वारा दिने कार्यसूची छ ।
अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदनप्रति असन्तुष्ट ओलीले त्यसको जवाफमा दिने भन्दै दश दिनको समय मागेका थिए ।
नेकपाले आगामी १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक डाकेको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्