बाँकेमा कोरोनाबाट दाङका दुई संक्रमितको मृत्यु

बाँकेमा कोरोनाबाट दाङका दुई संक्रमितको मृत्यु

दाङ-कोरोना भाइरस संक्रमणबाट बाँकेको नेपालगञ्जमा दाङका दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका तुलसीपुरका ४५ वर्षीय पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै तुलसीपुरकै ८१ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार राति १०ः४५ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij